सदरलाइनडटकम,
काठमाण्डौ : बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त घटनाको उच्चस्तरीय छानबीन समितिले मंगलवार सरकारलाई प्रतिवेदन बुझाएको छ । गृहमन्त्रालयले गठन गरेको समितिका संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझाउने क्रममा गृहसचिव, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, छानबीन समिति सदस्यहरूको उपस्थिति थियो । समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाई, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको बताइएको छ ।
प्रतिवेदन बुझ्ने क्रममा गृहमन्त्री थापाले प्रतिवेदन कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने बताएका थिए । साउन १० गते हत्या गरिएकी निर्मलाको घटनाबारे छानबिन गर्न भदौ ७ गते सरकारले छानबीन समिति गठन गरेको थियो ।
निर्मला बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरू छुटिसकेका छन् । दुई महिनाभन्दा बढी समय भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।