नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट हवल्दारको मृत्यु

सदरलाइन संवाददाता २४ फाल्गुन २०७८, मंगलवार १२:५८
 

नेपालगञ्ज : बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्यटीमा रहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

नेपालगञ्जको राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते हवल्दार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।


ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करले घाइते छन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ । उनीहरू दुबै जना राँझा विटमा कार्यरत थिए ।

सोमवार राती सवा ८ बजेतिर नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

२४ फाल्गुन २०७८, मंगलवार १२:५८
नेपालगञ्ज : नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारीको युनियनको केन्द्रिय अध्यक्षमा गोपालप्रसाद पोखरेल पुनः दोहोरिएका छन् । सोमवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा पोखरेल पुनः निर्वाचित भएका हुन् । उनले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरेका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका उत्तम कटुवाल निर्वाचित भएका छन् […]