दाङमा एउटै खाडलमा गाडिएको अवस्थामा भेटिए किशोरकिशोरी

सदरलाइन संवाददाता ३१ आश्विन २०७९, सोमबार १३:२१
 

दाङ : तुलसीपुर उपमहानगरपालिका १३ स्थित जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् ।

दमारगाउँको जंगलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।


मल्लका अनुसार उनीहरूको शव आइतबार दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि उनीहरूको पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

३१ आश्विन २०७९, सोमबार १३:२१
नेपालगञ्ज : असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको […]

सम्बन्धित