बारबर्दियामा बालविवाहबिरुद्धको परियोजनाको संयुक्त अनुगमन

सदरलाइन संवाददाता २८ भाद्र २०८०, बिहीबार १७:५४
 

बर्दिया :  बर्दियाको बारबर्दिया नगरपालिकामा बाल विवाह न्यूनिकरणका लागि सञ्चालनमा रहेका परियोजनाहरुको संयुक्त अनुगमन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि–ग्रुपको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा संचालित बालविवाह न्युनिकरण परियोजनाको संयुक्त अनुगमन गरिएको हो ।

परियोजना अन्तरगतका क्रियाकलाप भएका नेपाल राष्ट्रिय आधारभुत विद्यालय तर्कापुर र बालबिद्या आधारभुत विद्यालय सिम्रहवामा जनप्रतिनिधि तथा बिषयगत शाखाका शाखा प्रमुख र कर्मचारीहरुवाट संयुक्त रुपमा अनुगमन निरिक्षण गरिएको हो ।

विद्यालयका प्राधानाध्यापक ललित सापकोटाले प्लान इन्टरनेशनल नेपाल तथा बि–ग्रुपको साझेदारीमा विद्यालय तहमा विद्यालयको आचारसंहिता र बाल संरक्षण नीति निर्माण गरी यसका बारेमा अधिकांश शिक्षक विद्याथी विव्यस र शिअस सदस्यहरुलाई जानकरी गराइ प्रभावकारी रुपमा कार्यान्वयन गरिएको जानकारी दिए ।


उनले विद्यालयमा बालबालिकाहरुको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था गरी विद्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरि प्राप्त हुने गुनासोहरुलाई सुनुवाई समिति मार्फत गुनासो अभिलेखिकरण गरि सुनवाइको ब्यबस्था गर्ने प्रयास गरेको बताए ।

विद्यालय छाड्न सक्ने र वालविवाहको जोखिममा रहेका बालबालिकाहरुका लागि अतिरिक्त कक्षा संचालन गरेर यसबाट न्युन सिकाई कमजोर भएकाहरुको सिकाइ उपलब्धी समेत बृद्धि भएको पाईएको छ ।

अनुगमनमा बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्नाकुमारी पाण्डेले सस्थाले संचालन गरेका हरेक कृयाकलाप उदेश्यमुलक तथा उपलब्धी मुलक भएको अनुगमनका क्रममा परियोजनाबाट विद्यालयको आचारसंहिता निर्माण, वाल संरक्षण नीति, लैगिक मैत्री शिक्षण सिकाइ, सुरक्षित विद्यालयका सुचकले निर्देशन गरेका हरेक पक्षलाई विद्यालयले कार्यान्वयनमा ल्याउने प्रयास गरेको बताउदै यसको सस्थागत गर्नका लागि पालिकाले यसको पहल गर्ने प्रतिबद्धता जनाईन ।

कार्यक्रमको अनुगमन बारबर्दिया नगरपालिका उपप्रमुख पाण्डे, स्वास्थ्य शाखा प्रमुख÷ निमित्त प्रमुख प्रशासकिय अधिकृत दिल्ली राज शर्मा, शिक्षा युवा तथा खेलकुद शाखाको प्राबिधिक साहायक खोम राज काफ्ले, महिला बालबालिका शाखा प्रमुख उषा पुन, र प्लान इन्टरनेशनल नेपालको तर्फबाट बिमल गैरे, बि–गु्रपबाट कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्याय, प्राबिधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्राबिधिक संयोजक रामरुप कौशल, अनुगमन मुल्याकंन अधिकृत एलिशा दहित, र फिल्ड सुपरभाइजर राकेश कंडेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नै बाबुको हत्या आरोपमा छोरा पक्राउ

२८ भाद्र २०८०, बिहीबार १७:५४
नेपालगञ्ज : दाङको घोराहीमा आफ्नै बाबुको कुटपिट गरेर हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराह–५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको आरोपमा २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो । सन्तोषले आफ्नै बुवालाई बिहीवार बाबुको मुख हेर्ने दिन राती ९ बजेतिर कुटपिट […]

सम्बन्धित