सदरलाइनडटकम,
सल्यान : भर्याङबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जाजरकोट भेरिगंगा नगरपालिका वडा नं. ११ घर भई हाल सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ लुहाम बजार बस्ने २७ वर्षीय शक्तिबहादुर विकको मृत्यु भएको हो ।
शनिवार राती १२ वजे शौचायल जाने क्रममा भर्याङबाट लडेर गम्भीर घाईते भएका बिकको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा राती २ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक बीरेन्द्रबहादुर शाहीले बताए ।
