गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सदरलाइन संवाददाता ६ फाल्गुन २०७७, बिहीबार ०९:२६
 

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार क्रममा मृत्यु भएको छ । सदरमुकाम तम्घासदेखि रेसुंगा नगरपालिका–१४ को पराल्मी जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप बुधवार बेलुकी रातामाटामा दुर्घटना हुँदा रेसुंगा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षका एकराज पोखरेलको घटनास्थलमै मृत्यु भएको हो ।

सोही वडाकी २८ वर्षकी शान्ती नेपाली र २७ वर्षकी गोमा नेपालीको उपचार क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

जिपमा सवार सोही वडाका ३७ वर्षका वीरबहादुर सुर्यवंशी, २२ वर्षका चालक भरत पोखरेल, ३७ वर्षकी गोमा तामद (नेपाली), ६६ वर्षका देवबहादुर नेपाली, २७ वर्षका प्रकाश नेपाली र उनकी छोरी ४ वर्षकी खुसी नेपाली घाइते छन् ।


घाइतेमध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सूर्यवंशी र चालक भरत पोखरेललाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Next Post

भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग

६ फाल्गुन २०७७, बिहीबार ०९:२६
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरिएको छ । अस्पताल विकास समितिले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेको हो । समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र धनीराम वलीले काठमाण्डौमा स्वास्थ्य मन्त्री त्रिपाठीलाई ज्ञापनपत्र बुझाएका हुन् । भेरी अस्पताल लुम्बिनी, कर्णाली र […]