राप्ती नदीमा डुंगा पल्टियो, २५ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर

सदरलाइन संवाददाता २ भाद्र २०७९, बिहीबार १४:०९
 

दाङ : दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । लमही नगरपालिका–९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको भन्ने खबर आएको बताए ।

‘अरूको अवस्था सामान्य छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘तीन विद्यार्थी नदीमा बग्दा अलि धेरै पानी खाएको भन्ने छ। उनीहरूको उपचार लमहीमा भइरहेको छ ।’


लमही नगरपालिका– ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार जारी रहे पनि अवस्था खतरामुक्त रहेको भन्ने सूचना आफूले पाएको एसपी काफ्लेले जानकारी दिए ।

६÷७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा पल्टिएको भन्ने जानकारी आएको उनले बताए ।

राजपुर गाउँपालिका– ७ राताकाँसका दिनाराम विकले डुंगा चलाएको प्रहरीले जानकारी दिएको छ । विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन् । डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीबाट हतियार र मोटरसाइकलसहित शिकारी पक्राउ

२ भाद्र २०७९, बिहीबार १४:०९
नेपालगञ्ज : कोहलपुरः प्रहरीको विशेष अप्रेशन अभियानले राप्ती सोनारी ४ सिक सामुदायिक बनबाट हात हतियार सहित सिकारी पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा बुधबार मध्यराती सिक सामुदायिक बनको चुरे क्षेत्र बाट इलाका प्रहरी कार्यालय धामपुरको टोलीले १ थान लोडेट हतियार, जाल, ७ वटा मोटरसाइकल सहित राप्ती सोनारी ५ निवासी […]

ताजा अपडेट