मेथाडोन पद्धतिबाट लगूऔषधको लत छुटाउने कार्यक्रम प्रभावकारी बन्दै

रुद्र सुवेदी ११ असार २०७८, शुक्रबार १९:२५
 

नेपालगञ्ज : बाँकेमा लागू औषध प्रयोगकर्ताहरुलाई नशाको लत छुटाउन सञ्चालनमा ल्याईएको मेथाडोन औषधि सेवन कार्यक्रम प्रभावकारी भएको पाईएको छ । भेरी अस्पतालमा प्रत्यक्ष चिकित्सकको निगरानीमा सञ्चालनमा रहेको यो कार्यक्रममा ७ महिलासहित ८६ जना लागूऔषध प्रयोगकर्ताले नियमित अस्तालमा पुगेर सेवा लिई रहेका छन् ।

भेरी अस्पतालका मानसिक विभाग प्रमुख तथा मेथाडन उपचार पद्धतीका फोकल पर्शन समेत रहेका डा. सुमन अर्यालले लागूऔषध प्रयोगकर्तालाई लागूऔषधको लत छुटाउनको लागि प्रयोगमा ल्याईएको मेथाडोन कार्यक्रममा सहभागि हुनको लागि लागूऔषध प्रयोगकर्ता स्वयम नियमित भेरी अस्पतालको मेथाडोन वार्डमा पुगेर चिकित्सकको निगरानीमा मेथाडोन औषधि सेवन गर्नुपर्ने बताउछन् ।

उनले सुई तथा अन्य माध्यामबाट लागूपर्दाथ प्रयोग गर्नेहरुलाई लक्षित गरी मेथाडोन मौखिक उपचार पद्धतिमा आवद्ध गराई व्याक्तिको शारिरीक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले भेरी अस्पतालमा बिभिन्न नियकायको सहयोगमा विक्रम संबत २०६९ पुसबाट सुरु गरिएको जानकारी दिए ।

उनले हालसम्म मेथाडोन उपचार पद्धतीमा ४ सय ५ जनाले सेवा लिएको जानकारी दिए । उनले भने–‘ ब्राउन सुगर तथा अन्य सुईको माध्यामबाट लागूऔषध प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई लक्षित गरी उनीहरुलाई मेथाडोन औषधि खुवाई नशामुक्त जीवन दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुँदै आएको छ ।’


तरल फर्ममा पाईने मेथाडोन चिकित्कले लागू औषध प्रयोगकर्ताले प्रयोग गर्ने लागू औषधको परिमाणको आधारमा उनीहरुको डोज निर्धारण गरी नियमित सेवन गराउदै बिस्तारै औषधिको मात्रा घटाएर नशामुक्त बनाउने गरिन्छ ।

बाँकेमा लागू औषध प्रयोगकर्ताको तथ्याङ्क हेर्दा भयावह अवस्था छ । नेपालगञ्ज कारागारमा लागू औषधको कारोबारमा वा सेवनकर्ताको रुपमा कैदी १ सय ३६ जना र थुनुवा १ सय ३९ जना गरी २ सय ७५ जना रहेको कारागार शाखाको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क हेर्दा झनै भयावह रहेको छ । बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ सय १६ मुद्दामा १ सय ८२ जनालाई नियन्त्रणमा लिएको, ५० जना रिहाव सेन्टरमा पठाएको २ सय जनालाई परिवारको जिम्मा लगाईएको जानकारी दिए । उनले बाँके प्रहरीले जिल्ला भरी नै लागू औषध निस्तेज महाअभियान सञ्चालन गरी जिल्लाका ८१ बटै वडासम्म प्रहरी, नागरिक र जनप्रतिनिधि परिचालन गरिएको बताए ।

मेथाडोन उपचार पद्धतीमा बिभिन्न सहयोग पुराउदै आएको परिवर्तन समुह बाँकेका ईन्दु रावलले दिएको जानकारी अनुसार भेरी अस्पतालको मेथाडोन उपचार पद्धतीमा सहभागि भएर १२ जना पूर्णरुपले निको भएका छन् । यसैगरी २३ जना बैदेशिक रोजगारमा गएको, १ सय ६ जनाले नशामुक्त जीवन बिताई रहेका छन भने बाँकी रहेका मध्ये कसैको मृत्यु, बसाईसराई, कारागार, सुधार केन्द्रमा रहेको कारण नियमित हुन नसकेको उल्लेख छ ।

यसैबीच सो कार्यक्रमको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितिमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा सो कार्यक्रमको प्रभावकारिता र सञ्चालन बिधिको बारेमा जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

११ असार २०७८, शुक्रबार १९:२५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बारबर्दिया नगरपालिका वडा नम्बर ७ बर्दियाकी ५२ वर्षीया महिला र रोल्पा नगरपालिका ४ रोल्पाका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसंगै […]