गिद्ध संरक्षणका लागि डाइक्लोफेनक औषधि प्रतिबन्ध गर्न आग्रह

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १५:५०
 

नेपालगञ्ज : प्रकृतिको कुचिकार गिद्ध संरक्षणका लागि डाइक्लोफेनक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ ।

गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको छ । गिद्धको सरक्षणमा लाग्न सके वातावरण मात्र नभएर मानव शरीर पनि स्वस्थ रहने वर्ड कन्जरभेसनका विज्ञ भुपाल नेपालीले बताए ।

गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात नेपाली रुपैयाँ एक लाख ४५ हजार दुई सय बरारबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उनको भनाइ रहेको छ ।

पशु चौपायको उपचारमा डाइक्लोफेनक सोडियमको प्रयोगले गिद्धहरुको विनास हुने भएकाले डाइक्लोफेनक प्रयोग पूर्णरुपमा प्रतिबन्ध गरी गिद्ध तथा वातावरणलाई पूर्ण रुपमा फाइदा पुर्याउनका लागि आग्रह गरिएको छ ।


गिद्धका बासस्थान सिमल, साजलगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेट्न सक्ने खुला ठाँउमा फाल्न बाँके राष्ट्रीय निकुञ्जका सरक्षक अधिकृत उत्तम चौधरीले बताए ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यले बिगतको वर्षको तुलनामा गिद्धको संख्या क्रमिक रुपमा वृद्धि भइरहेको र पछिल्लो समय गिद्ध लोप हुनुमा आहराको कमी, जनचेतनाको कमी र मरेको सिनोमा समेत विषादी प्रयोग गर्नुले गिद्ध संरक्षणमा चुनौती थपिएको बताए । उनले स्थानिय तह बाट गिद्द सरक्षणको लागि विशेष अभियान सञ्चालन गरेर यसको सरक्षणको बारेमा जनचेतना अभियान सञ्चालन गरिने बताए ।

गिद्ध सचेतना दिवस हरेक वर्ष सेप्टेम्बर पहिलो हप्ता अर्थात भदौ महिनामा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखन बिरुद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम

२० भाद्र २०८०, बुधबार १५:५०
नेपालगञ्ज : मानव बेचबिखन बिरुद्धको १७औ दिवसका अवसरमा बुधवार देशैभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ । यसैगरी बाँके जिल्लाको कोहलपुर नगरपालिकाकामा पनि बिभिन्न कार्यक्रमसहित मानव बेचबिखन नियन्त्रणका लागि कोहलपुर क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम मनाइएको हो । बाँके जिल्लाको कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशको मात्र […]