युवा महिलालाई रोजगारीमा लगाउन अभिभावकलाई तालिम

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १२:४८
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि उक्त नगरपालिकामा आयोजना गरेको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताए ।

सो कार्यशाला पनि युवा महिलाहरुलाई सिप सिक्न र रोजगारीमा लाग्न घर परिवारबाट सहयोग प्राप्त होस भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको उनले बताए ।

कार्यशालाका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरिले लैंगिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि आयोजना गरिएको कार्यशाला निकै महत्वपुर्ण रहेको बताए ।


उनले नगरपालिकाले यस्ता परियोजनालाई पुर्ण सहयोग र समर्थन गर्ने तथा सोही प्रकारका आयआर्जन र आर्थिक अवस्थामा सुधार ल्याउने थप योजना र कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाए ।

नगरपालिका भित्रका २५ जना अभिभावकको सहभागिता रहेको सो कार्यशालामा सहजीकरणको भूमिका अन्नत तालिम केन्द्र गुलरियाका कृष्णप्रसाद पाण्डेले गरेका थिए भने परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाका बारेमा बिस्तृत जानकारी गराउँदै सहभागिहरुका विभिन्न जिज्ञासा पनि मेटाएका थिए ।

रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि आयोजना गरिएको सो अभिमूखिकरणबाट युवा महिलाहरूले घर र समुदायमा कुनै आपत्ति बिना आफ्नो प्राविधिक सीप सिक्न सकुन र तालिम जारी राख्न सकुन भन्ने कार्यशालाको मुख्य उद्देश्य रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

२९ माघ २०७९, आईतवार १२:४८
दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आइतवार आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा […]