स्थानीयको सक्रियतामा बाटो निर्माण

१२ चैत्र २०७४, सोमबार ०८:२९
 

सदरलाइनडटकम 
१२ चैत, नेपालगन्ज : नेपालगन्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयहरु श्रमदानमा जुटेका छन् ।
वडा न १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीयको ५ प्रतिशत नगद र अन्य श्रमदान गरि बाटो विस्तार कार्यलाई तिव्रता दिइएको हो ।
स्थानीय उपभोक्ता समितिमार्फत अहिले निर्माण कार्य भइरहेको छ । वडा नं १२ का अध्यक्ष बुद्धीसागर सुवेदी स्वयंको अगुवाईमा ५० जना स्थानीयवासीे फरुवा सहितको साधान लिएर बाटो निर्माणमा जुटेका छन् ।
स्थानीय पतिराम बाल्मीकीको घरदेखि सरिता ठाकुरको घर हुँदै दिपक केसीसम्मको बाटो निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । स्थानीयको अग्रसरताले केही दिनमै ग्रावेलसहितको बाटो सम्पन्न हुने वडा अध्यक्ष सुवेदीले विश्वास व्यक्त गरे ।


Next Post

युसएस–बंगला विमान दुर्घटनाका घाइते हरिप्रसाद सुवेदी सफल उपचारपछि ग्राण्डी अस्पतालबाट घर फर्कीए

१२ चैत्र २०७४, सोमबार ०८:२९
सदरलाइनडटकम  १२ चैत काठमाण्डौं : त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइते हरिप्रसाद सुवेदी पनि सफल उपचारपछि आज ग्राण्डी अन्तराष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि डिस्चार्ज भइ घर फर्कन लागेका सुवेदीलाई खादा लगाउदै बुके दिएर […]