भारु रुपैयाँ साट्नेको भारतीय रुपैडिहा बजारमा नेपालीको घुँईचो

२९ कार्तिक २०७३, सोमबार १२:२२
 

रुद्र सुवेदी/सदरलाइन, ic3
२९ कात्तिक, नेपालगन्ज : भारतले हजार र पाँच सय दरका नोट प्रचलनमा प्रतिबन्ध लगाएपछि नेपलगन्जसंँग सिमा जोडिएको भारतको रुपैडिहा बजार किनमेल गर्नेको भन्दा नोट साट्नेहरुको भिड लाग्ने गरेको छ । तिर्थाटन र उपचारको लागि भारतीय रकम साटेर बसेका नेपाली नागरिकहरुसंगै भारतमै दैनिक ज्यालादारी गरेर फर्कने सबै जना भारतले एक्कासी ५ सय र १ हजार दरका नोटको कारोबार नै बन्द गरेपछि उनीहरु ठूलो मर्कामा परेका हुन् ।
भारतीय सिमावर्ती बजारक्षेत्रमा नेपाली नागरिकलाई ५ सय र हजारका भारु नोट साट्न हैरानी खेप्नु परेको छ । बजारमा १५ प्रतिशतसम्म बट्टा लिएर भारतीय नोट साट्ने व्यापारीले अहिले भारतीय नोट नै लिन छाडेपछि नजिकै रहेको रुपैडिहा बजारमा नोट साट्न जाने नेपाली नागरिकको भरिभराउ देखिन्छ ।
नोट साट्नकै लागि भारतीय बजार रुपैडिहा पुगेका नेपालगन्ज–२६ पवन गुप्ताले रुपैडिहामा सास्ती खेप्नु परेको बताए । ‘भारतमा सजिलै साट्न पाउछु भनेर आएको तर, यहाँ आएपछि जताजतै धेरै कमिशनमा कारोबार गरेको पाए’–उनले भने–‘नशासम्बन्धी विरामीको उपचार गर्नको लागि भारतको लखनउ जाने तयारीको साथ राखिएको रकम अहिले कागजको रुपमा जाने हो कि भन्ने चिन्ताले सताएको छ ।’
उनले सानो दरको नोट लिएर यात्रा गर्न असहज हुने भएकोले सानो दरका नोट दिएर ५ सय र हजार दरका नोट लिएको भोलि पल्टै भारतमा ती दरका नोट चलनमा बन्देज लगाएपछि समस्यामा परेको बताए ।
उनले भारतीय बजारमा यतिबेला ७ सय नेपालीमा हजारको नोट र साढे तीनसय नेपालीमा ५ सयको नोटको कारोबार भएको दावी गर्दै भने–‘ एक हजार भारु दियो भने ७ सय नेपाली र ५ सय भारुको ३ सय ५० नेपाली भन्दा दिन्न भन्छन के गरु के गरु दोधारमा परेको छु ।
नेपालगन्ज– १३ का गंगा शर्माले भारतको बनारस तिर्थयात्राका लागि साँचेर राखेको ६ हजार भारु अहिले उनलाई कसरी साट्ने भनेर चिन्ताले साताएको बताउछिन । उनले भनिन–‘मंसिर लागेपछि बनारस जाने भनेर ५–५ सयका १२ वटा नोट साँचेर राखेकी थिए अहिले यो नोट चल्दैन भनेर सुन्छु के गरु के गरु भएकी छु ।’ नेपाली बैंक तथा सटही काउन्टरमा गयो चल्दैन साटिन्न भन्छन कहाँ जाने भनेर तनावमा रहेकी शर्मालाई आफ्नै छिमेकीले भारतीय बजार रुपैडिहा जान सल्लाह दिएर रुपैडिहा आएको बताईन ।

ic1
‘६ हजार साट्न पनि नेपाली बैंकले मानेन केही उपाय नभएपछि रुपैडिहा आएकी हुँ । ६ हजार साट्न रुपैडिहा मै रहेको भारतको इलाहाबाद बैंकमा ४ घण्टा लाईनमा बसे बल्लबल्ल पालोअयो पैसा छैन भनेर बैंकले भोलि आउन भन्यो’–उनले दुखेसो पोखिन–‘ बैंकले ४ हजार मात्र साट्ने भन्यो अव फेरी बाँकी २ हजार साट्न पनि धौधौ भैरहेको छ, ४ हजार त जम्मा गरियो भोलि पाउने हो कि होईन चिन्ता लागेको छ ।’
भारतको सिमलामा कामगरेर फर्केका जाजरकोटका गोपाल बटलाले बाटोमा सानो नोट लिएर यात्रा गर्दा धेरै देखिने र चोरी हुनुको साथै आफै जोखिममा पर्न डरले भएको सानो दरका नोट साटेर हजार दरका नोट लिएर आएको आफुसित भएका नोट नचल्ने भएपछि दुई दिनदेखि सिमा क्षेत्रमै भौतारि रहेको बताए । ‘हजारको हजारमै लिदैनन कति दिन बसु पैसा छ भएको पैसा चल्दैनन भनेर लिनै मान्दैन दुईहजार भारु ७ सयका दरले साटेर खर्च चलाउदै बसेको छु’– उनले भने ।
मंसिरको पहिलो हप्ता छोरीको विवाहको लागि साँचेको पैसा साटेर भारु डेढलाख राखेका नेपालगन्ज–२३ का एक व्यक्तिले आफ्नी छोरीको विबाह हुने हो की नहुने भन्ने दोधारमा छन् । परिचय खुलाउन नचाहने उनले भने–‘मंसिरको पहिलो हप्ता भारतको बहराईचमा मेरी छोरीको विबाह हुँने तय भएको छ केटा पक्षलाई तिलक र दान दक्षिणा दिनको लागि नेपाली पैसा साटेर भारु रोखेको थिए अव नचल्ने भएपछि आपैm अलमलमा परेको छु ।’
माथिका चारैजना रुपैडिहामा भारतीय पैसा साट्नको लागि रुपैडिहा जाने गरेका प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्ता हज्जारौको संख्यामा रहेका नेपाली जो मध्यपश्चिमका पहाडि जिल्लामा छन् उनीहरुका साथमा रहेको भारतीय रुपिया साट्नको लागि व्यवस्था राज्यले मिलाउनु पर्ने देखिएको छ ।
नेपाल राष्ट्र बैैंक नेपालगन्ज क्षेत्रीय कार्यालयका मुख्य निर्देशक गुरुप्रसाद पौडेलले ५ सय र हजार दरका नोटको आफुकहाँ कारोवार नहुने भएकोले साट्न नआएको जानकारी दिए । उनले भने–‘ हामी कहाँ ५ सय र हजार दरको भारतीय नोट लिनेदिने नहुने भएकोले त्यसको बारेमा केही व्यवस्था छैन तर, औषधी उपचारको लागि र तिर्थाटनको लागि जानेले आवश्यक कागजपत्र लिएर आएमा बढीमा पन्ध्र हजारसम्म दिने गरेका छौ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हल्ला भएजस्तो ४ बुँदे संविधान संशोधन प्रस्ताव दर्ता भए आन्दोलनमा जान्छौं : उपेन्द्र यादव

२९ कार्तिक २०७३, सोमबार १२:२२
‘७ प्रदेशले सिमांकनको समाधान हुँदैन, १० प्रदेश नै चाहिन्छ’ सदरलाइनडटकम ४ मंसिर, काठमाण्डौ : संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तोगरि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराईए त्यो कुनै हालतमा आफूहरुले नमान्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा […]