मानव बेचबिखन बिरुद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १५:५३
 

नेपालगञ्ज : मानव बेचबिखन बिरुद्धको १७औ दिवसका अवसरमा बुधवार देशैभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ । यसैगरी बाँके जिल्लाको कोहलपुर नगरपालिकाकामा पनि बिभिन्न कार्यक्रमसहित मानव बेचबिखन नियन्त्रणका लागि कोहलपुर क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम मनाइएको हो ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशको मात्र नभएर कर्णाली र सुदुरपश्चिम प्रदेशको समेत प्रवेशद्वार हो । भारतीय सिमानाकासँग जोडिएको जिल्ला भएकोले मानवबेचबिखन तथाओसारपसारको लागि ट्रान्जिन्ट प्वाइन्टको रुपमा बाँके जिल्लालाई लिने गरिएको छ ।

मानव बेचबिखन बिरुद्धको १७औ दिवस कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाबेशिकरण उप–शाखाको आयोजनामा बाँके जिल्लालाई कार्यक्षेत्र बनाएर मानव बेचबिखन बिरुद्ध काम गर्ने विभिन्न संघसस्थाको उपस्थितिमा र बिद्यालयका भाइबहिनीको सहभागितामा र्याली सडक नाटकसहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारी शैक्षिक परामर्श अन्तरदेशीय बिबाह लगायत विभिन्न बहानामा नेपाली हरु बेचिदै आएका छ्न । नेपालमा नया शैली र मार्ग प्रयोग गरेर मानव बेचबिखन र ओसारपसार भइरहेको छ । कतिपय अवस्थामा जान्ने बुझ्ने हुँदाहुँदै पनि ट्रापमा परेर मानव बेचबिखनमा परेको अवस्था आउने गरेको छ ।

इलाका प्रहरी कार्यलयका डिएसपी सुन्दर तिवारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि कोहलपुर बसपार्क भित्रका सबै होटेल लज र यहाँ बाट छुट्ने बसहरुमा स्टिकर टास गराइने र मानव बेचबिखन र ओसारपसार सम्बन्धि कुनै गतिविधि भए आफुहरुलाई या सरोकारवाला संघसस्थाहरुमा खबर गर्न अनुरोध गर्दै हस्ताक्षर लिने बताए ।


मानव बेचबिखन नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी तहबाट प्रयास भइरहेको भएपनि अझै पनि समस्या यथावत नै रहेको छ ।

माइती नेपालकी पुस्पा सुनारले बाँके जिल्लाको खजुरा कोहलपुर नेपालगञ्ज विशेष गरेर मानव ओसारपसारको ट्रान्जिट पोइन्ट भएको बताइन् । उने पालिकास्तरमै सबै वडाहरुमा सम्यन्त्र गठन गरेर यसको बिरुद्ध अभियानका थुप्रै कार्यक्रम गरेको जानकारी दिइन् ।

कोहलपुर नगरपालिका हुँदै सिमा नाका भएर भारतमा जानेको लर्को एकदमै बढेको छ । अशिक्षित व्यक्ति केही नजानेका भन्दा पनि पछिल्लो समय शिक्षित व्यक्ति पनि यसको शिकार भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यको भनाई छ ।

मानव बेचबिखन सम्बन्धिविभिन्न कार्यक्रम गर्दै आएपनि यो कार्य नरोकिएको आममानिसको बुझाइ रहेको छ ।

नेपालमा सम्बन्धित निकायले मानव बेचबिखन नियन्त्रणका लागि हरबखत प्रयास गरेको भएपनि समस्या समाधन गर्न चेतनामूलक कार्यक्रम लगायतका थप कार्यक्रम गर्न आवश्यक छ । साथै मानव बेचबिखन बिरुद्ध कडा कानुनी व्यवस्थाका साथै प्रयाप्त जनचेतना जगाउनु पर्ने अत्यन्तै आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा २४ गते महाआरती हुने

२० भाद्र २०८०, बुधबार १५:५३
खजुरा (बाँके) : लक्ष्मि नारायण मन्दिर खजुरामा २४ गतेदेखि महाआरती हुने भएको छ । धार्मिक पर्यकटिय क्षेत्रका रुपमा खजुरालाई चिनाउन महाआरती गर्न लागिएको हो । लक्ष्मि नारायण मन्दिर व्यवस्थापन समिति र खजुरा क्षेत्र संरक्षण समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी महाआरती र तिज महोत्सवका बारेमा जानकारी दिएको हो । मन्दिर […]