नेपालगञ्जबाट कर्णाली प्रदेशमा हवाई उडान नियमित हुन सकेन

सदरलाइन संवाददाता ३० आश्विन २०७९, आईतवार १६:१५
 

नेपालगञ्ज : कर्णाली प्रदेशमा हवाई उडान नियमित छैन । त्यसमाथि गत साताको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सडक सञ्जालबाट हिमाली र पहाडी क्षेत्रमा पुग्न समस्या छ ।

तर, उडान नै नहुँदा यात्रु, विद्यार्थी र कर्मचारी अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा एयरलाइन्सले उडान भर्ने गर्दछन् । तर, नियमित उडान नहुदाँ यात्रु मर्कामा परेका छन् । चिने जानेका र पहुँच हुनेले छिटो टिकट पाउँछन् भने नहुनेले हप्तादिनसम्म टिकटको लागि धाँउदा पनि हातमा टिकट पाउँदैनन् ।

अविरल वर्षाले कर्णाली राजमार्ग ठाउँ ठाउँमा भासिएको छ । यही मौका छोपेर एयरलाईन्सले महंगो शुल्कमा भए यात्रु लैजाने नभए यात्रु नै नबोक्ने सम्मको हर्कत गरिरहेका छन् । जहाँ धेरै यात्रु पाइन्छ विमान कम्पनी त्यतै लाग्ने गरेका छन् ।


निजी एयरलाइन्सले तालिका अनुसारको उडान नभरेपछि चार्टर्ड उडानमा यात्रा गर्न यात्रु बाध्य छन् । चार्टर्ड उडानमा नियमित भन्दा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ । तर नियमित उडान नहुँदा काम विशेषले एक ठाउँ बाट अर्को ठाउँमा जान समस्या छ ।

चार्टर्ड उडान गर्दा डेढ गुनासम्म रकम लिन पाउने प्रावधान नै छ । तर, ७ हजार पर्ने टिकटको ११ हजारसम्म उठाउने गरेको यात्रु बताउँछन् । सडक नखुल्दा तथा उडान नियमित नहुँदा रारा आउने पर्यटकका लागि कठिनाई छ । साथै विभिन्न जिल्लामा रहेका कर्मचारी १२ को पुरक परीक्षा दिन जान पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जकी नेलिसा बनिन स्याक नेपाल बाँकेको अध्यक्ष

३० आश्विन २०७९, आईतवार १६:१५
नेपालगञ्ज : नेपालगञ्जकी नेलिशा गिरीले सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको एक दिने नेतृत्व सम्हालेकी छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ‘अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ उनी सो नेतृत्वमा पुगेकी हुन । कार्यक्रममा निर्वतमान अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपाल बाँकेले बालिकाहरुको नेतृत्व बिकास […]