२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपालगञ्जमा तीज महोत्सव सुरु



नेपालगञ्ज : हरितालिका तीजलाई लक्षित गरी नारी विकास केन्द्र नेपालगञ्जले आफ्नै कार्यालय परिसरमा रामलिला मैदान नजिकै २ दिने तीज महोत्सवको आयोजना गरेको छ ।

महोत्सवमा गृहणी महिलाहरुले घरमै उत्पादन गरेका समाग्री बिक्री वितरण गर्ने उदेश्यले २५ वटा विभिन्न सामाग्रीको स्टल राखिएको आयोजक संस्था नारि विकास केन्द्र बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले जनाकारी दिईन ।

उनले सो स्टलमा तीजको लागि किनमेल गर्न सजिलो बनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको बताईन ।

नारी विकास केन्द्रमा विभिन्न सिप सिक्न आउने गृहणीले तयार पारेका लत्ता कपडा, खानेकुराको परिकार, शौभाग्यको समाग्रीहरु, चुरा, टिका आदी, बेत बाँस थाकलको झोलालगायतका सामाग्रहरु विक्रि वितरणको लागि स्टलमा राखिएको छ । महोत्सव २ दिनसम्म सञ्चालन हुने र माग आएमा एक दुई दिन थप हुने आयोजक सदस्य रचना श्रेष्ठले जानकारी दिईन ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार
ताजा समाचार