२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

अध्यक्ष पौडेलद्वारा संविधान दिवसमा शुभकामना व्यक्त



राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले संविधान दिवसको शुभकामना दिएका छन् ।

अध्यक्ष पौडेलले संविधानमा उल्लेख गरिएको मौलिक हकलाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् ।

नेपालको संविधान उत्कृष्ट संविधान भएकाले संविधानको मर्म अनुसार नेपालमा संघीयता संस्थागत भइसकेको र स्थानीय सरकारलाई अधिकार सम्पन्न वनाउनका लागि संविधानको भुमिका अहम भएको अध्यक्ष पौडेलले बताएका छन् ।

संविधानले नै नेपाली जनताको घर–आँगनमा सिंहदरवारको अनुभूति दिलाएको भन्दै देशको संविधानको विशेष भूमिका रहेको पौडेलले बताएका छन् ।

संविधानको मर्म अनुसारनै अहिले विद्यमान कानुनी जटिलताहरुको समाधान हुने कुरामा विश्वस्त भएको कुरा उल्लेख गर्दै अध्यक्ष पौडेलले संविधान दिवसले सामाजिक न्याय र समतामुलक समाज निर्माणका साथै समाजवाद उन्मुख अर्थव्यवस्था कार्यान्वयनमा सबैलाई बल मिलोस् भन्ने शुभकामना दिएका छन् ।

साथै राप्तीसोनारी गाउँपालिका संविधानकै मर्म अनुरुप अगाडि बढिरहेको बताउँदै राप्तीसोनारीबासी लगायत समस्त नेपालीजनमा संविधान दिवस २०८० को अवसर अध्यक्ष पौडेलले शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार
ताजा समाचार