अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई ट्राईसाईकल वितरण

सदरलाइन संवाददाता ११ भाद्र २०८०, सोमबार १८:०४
 

नेपालगञ्ज    बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगञ्जमा ट्राईसाईकल वितरण गरेको छ ।

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो ।

सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गरेका हुन ।


सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्तो सहयोगले अपाङ्गता भएका ब्यक्तिहरुको दिनचर्यालाई सहज बनाउनुका साथै यसको प्रयोगले आत्मबल समेत बढाउने बताए ।

पुर्वमन्त्री राईले युनेस्को बाँकेले लामो समयदेखि पिछिडिएका र विपन्न वर्गका लागि धेरै राम्रा कामहरु गर्दै आएकोमा संस्थामा आवद्ध सबैप्रति आभार समेत व्यक्त गरे ।

परियोजनाले नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका महिला पुरुषको छनोट गरेर ट्राईसाईकल सहयोग गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि एक हजार चार प्रतिनिधि चयन

११ भाद्र २०८०, सोमबार १८:०४
नेपालगञ्ज : नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । नयाँ नेतृत्व चयन गर्ने पहिलो अधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ । अधिवेशनका लागि एक सय नौ पालिकाबाट एक हजार चारजना प्रतिनिधि छनोट भएका प्रतिनिधि चयन भएको नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज […]