बाँकेको बाल सुधार गृहबाट भागेका चारै जना पक्राउ

सदरलाइन संवाददाता १८ पुष २०७९, सोमबार १३:३३
 

नेपालगञ्ज : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चारै जना पक्राउ परेका छन् । पुष १४ गते बाल सुधार गृहबाट भागेका सुर्खेतका धर्म थापा, कैलालीका कृष्ण नगरकोटी, बुटवलका पुरन चौधरी र अविनाश पुनलाई प्रहरले प्युठानबाट पक्राउ गरेको हो ।

बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बाल सुधार गृहबाट भागेका चारै जनालाई प्युठानबाट पक्राउ गरी बाँके ल्याइएको जानकारी दिए ।


बाल सुधार गृहमा २ सय ३२ जना थिए । त्यसमध्ये चार जना फरार भएका थिए । फरारमध्ये तीन जना जबरजस्ती करणी र एक जना कर्तब्य ज्यान मुद्दाका अभियुक्त हुन् । अपराध गरेका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा चक्का जाम

१८ पुष २०७९, सोमबार १३:३३
नेपालगञ्ज : नेपालगञ्जमा सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर […]