भारतमा भएको सडक दुर्घटनामा परेर नेपालगञ्जका ६ जनाको मृत्यु

सदरलाइन संवाददाता २१ श्रावण २०८०, आईतवार १०:३०
 

नेपालगञ्ज :  भारतको श्रावस्ती जिल्लाको इकौना थानाको भगवानपुर बनकटमा शनिबार राती भएको सडक दुर्घटनामा नेपालगञ्जका प्रतिष्ठित दुई व्यावसायीक घरनाका ६ जनाको मृत्यु भएको छ ।

भारतीय प्रहरीका अनुसार युपी ४७ डब्लु १२१७ नंबरको महिन्द्रा मिरोज जीपमा सवार उनीहरु भारतको बलरामपुरबाट रुपैडिहातर्फ फर्कदै थिए । भारतीय प्रहरीका अनुसार नीलगाईले अचानक बाटो काट्दा गाडिमा ठोकिएर असन्तुलित भई सडक पेटीमा रहेको रुखमा ठोकिएर खाडलमा डुबेको थियो ।

घटनामा परेर नेपालगञ्जको त्रीभुवन चोकमा रहेका एसकुमार वाचका सञ्चालकका छोरा करिव ३६ वर्षिय निलांश वैश्य, छोरी २० वर्षिया सुनिती बैश्य, एलाईड ड्रग कन्र्सनका सञ्चालक दिनेश गुप्ताका छोरा ३५ वर्षिय बैभव गुप्ता उनकी ३५ वर्षिय श्रीमती दिपिका गुप्ता, डेढवर्ष र ३ वर्षका छोरीहरुको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।


भारतीय प्रहरीका अनुसार ५ जनाको घटनास्थल मै र गम्भीर घाइते रहेका बैभवको उपचारको लागि बहराईच लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । गाडी चालक भारतीय नागरिक अजयकुमार मिश्रा घाइते रहेको र उनको बहराइचमा उपचार हुदै गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले घटना शनिबार साँझ साढे ६ बजेतिरको भएको र करिव ८ बजेतिर जानकारी आएलगत्तै परिवारजन घटनास्थल पुगेर आवश्यक प्रकृया पुरागरी शव नेपालगञ्ज ल्याउने तयारी भएको बताए । घटनाको जानकारी आय लगत्तै त्रीभुवनचोक शोकमा डुवेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

२१ श्रावण २०८०, आईतवार १०:३०
नेपालगञ्ज : शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दशैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहामा भेटिए । उनले नेपालगञ्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए । साठी वर्ष पार गरिसकेका उनले बर्षे बाली लगाउन […]