एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि एक हजार चार प्रतिनिधि चयन

सदरलाइन संवाददाता १२ भाद्र २०८०, मंगलवार १३:३१
 

नेपालगञ्ज : नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । नयाँ नेतृत्व चयन गर्ने पहिलो अधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ ।

अधिवेशनका लागि एक सय नौ पालिकाबाट एक हजार चारजना प्रतिनिधि छनोट भएका प्रतिनिधि चयन भएको नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिनिधितर्फ मनोनीत गर्नेबाहेक छनोटको काम सकिएको र मनोनितका बारे निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताइन् । उनका अनुसार छनोट भएका प्रतिनिधिमा महिला ३० प्रतिशत, उत्पीडित जातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशतभन्दा बढी प्रतिनिधि छनोट भएका छन् ।


एमालेले १६ र १७ भदौमा बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दै छ । यो अधिवेशनबाट दुई सय पाँचजनाको प्रदेश कमिटीको चयन हुनेछ । यसअघि केन्द्रबाटै बनेको कमिटीमा ६ सय एकजना छन् ।

एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला पाँचजनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रतिक्षेत्र पाँचजनाका दरले २६ बाट एक सय ३० जना र खुलाबाट पाँच पदाधिकारीसहित १५ जना रहने गरी दुई सय पाँचजनाको प्रदेश कमिटी चयन हुने सचिव अर्यालले जानकारी दिइन् ।

प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले पहिलो र ऐतिहासिक अधिवेशन भएकाले यस अधिवेशनले विशेष महत्व राख्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छाडा चौपायाले नेपालगञ्जमा दुर्घटनाको जोखिम बढ्दै

१२ भाद्र २०८०, मंगलवार १३:३१
नेपालगञ्ज : पश्चिम नेपालको ठूलो शहर नेपालगञ्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तुलगायत छाडा चौपायाको समस्या बढेको छ । सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना हुन थालेका छन् । सडकका छाडा चौपायाको समस्या समाधानप्रति नेपालगञ्ज उपमहानगरपालिकाले ध्यान नदिएकै कारण फेरि यो […]