औतारदेई चौधराइनको नवौं स्मृती दिवस मनाईयो

८ भाद्र २०७६, आईतवार १९:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आप्mनो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी दानवीर स्व. औतारदेई कशौधन (चौधराइन)को नवौं स्मृती दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।
स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवस भएपनि प्राविधिक कारणवश आज आईतबार औपचारिक कार्यक्रम गरेर उनको योगदानको बारेमा चर्चा गर्दै सम्झना गरिएको हो । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।
भेरी अञ्चल अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण, प्रवचन र सम्मान गरेर दिवस मनाइएको हो ।
स्व. चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला जनस्वास्थय कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति बाँकेका सभापति अजयकुमार श्रीवास्तवले दानवीर स्वर्गीय औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यक्ता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले चौधराइनले दिएको दान जग्गा लगायत सम्पतीको समुचित सदुपयोग हुनु पर्नेमा जोड दिदै उनले देखाएको सत्मार्गमा लाग्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार अजीतकुमार शर्माले चौधराइनको योगदानले स्थापीत नारायण मावि सञ्चालनले शिक्षा क्षेत्रमा ठुलो क्रान्ति ल्याएको दावी गरे ।
प्रतिष्ठान अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारी, पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई, समाजवादी पार्टी नेपाल बाँके अध्यक्ष कमरुद्धिन राई, नेकपाका प्रतिनिधी पदम धिताल, नेपाली काँगे्रस बाँकेका प्रतिनिधी सुधांश कोइराला, नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य रोशन श्रेष्ठ, कसौधन महिला मञ्च अध्यक्ष संगीता वैश्य लगायतका व्यक्तिले चौधराईनको योगदानको प्रशंसा गरेका थिए ।
सभामा चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेई (ठुलीआमा)को जीवनी एवं शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गरेको कार्यक्रममा रमारानी वैश्यले स्वागत गरेकी थिईन । स्मृति दिवसका अवसरमा उपमहानगरपालिकाको तर्फबाट भेरी अञ्चल अस्पतालमा रहेका विरामीहरुलाई फलफूल पनि वितरण गरिएको थियो ।
स्मृती दिवसमा औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानको संस्थागत विकासमा योगदान पु¥याएको पत्रकार शुक्रऋषि चौलागाई, उदयसिंह श्रेष्ठ र कक्षा १२ मा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने छात्रा साकरा पाण्डेलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

Next Post

कृष्णसार एफएमको नाचौं तीज भोलीदेखि

८ भाद्र २०७६, आईतवार १९:१९
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपालगञ्जमा सञचालनमा रहेको रेडियो कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन–७ भोलीदेखि सुरु हुने भएको छ । हरितालिका तीजका अबसरमा विगत ७ वर्षदेखि एफएमले नियमित रुपमा गर्दै आएको तीज नृत्य प्रतियोगिताको सीजन ७ को छनोट चरण भोली ९ गते बर्दियाको मधुवनबाट सुरु हुन लागेको रेडियोले जनाएको छ । […]