बालिका बलात्कारको आरोपमा बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता ११ माघ २०७९, बुधबार १४:००
 

नेपालगञ्ज : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फरार दुई जना प्रतिवादी पक्राउ

११ माघ २०७९, बुधबार १४:००
धनगढी : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो । उनीहरु लुकिछिपी बसिरहेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । २०६९ चैत १३ […]