बर्दियाको ठाकुरबाबामा पाटेबाघको आक्रमणमा परेर एक महिलाको ज्यान गयो

सदरलाइन संवाददाता २८ पुष २०८१, आईतवार १६:४९
 

ठाकुरबाबा (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाकी एक महिलाले पाटे बाघको आक्रमणबाट ज्यान गुमाएकी छन् । मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ठाकुरबाबा–७ की ४० वर्षिया पदमकला थापाको पाटेबाघको आक्रमणबाट ज्यान गएको सोही वडाका वडा अध्यक्ष कलम विष्ठले जानकारी दिए ।

घटनाको जानकारी पाए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितको टोली लिएर बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै सात मिटर भित्र गएर मृतक थापाको शव ल्याएको वडाध्यक्ष विष्टले बताए ।

पाटे बाघले आक्रमण गरेर घिसार्दै लैजाने क्रममा ओराही खोला नजिकबाट होहल्ला गर्दै टोलीले शव ल्याएका हुन् । शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया पुराईएको प्रहरीले जनाएको छ ।


बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्र चौरमा बाख्रा चराउने क्रममा आइतबार दिउँसो पाटे बाघले उनलाई आक्रमण गरेको थिया े। बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टोली खटिसकेको छ ।

डाटगन लगायतका अन्य प्रविधिको प्रयोगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । पछिल्लो वर्ष बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटे बाघको आक्रमणमा परेर दुई जनाको ज्यान गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए ।

भदौ महिनामा पाटे बाघको आक्रमणबाट बाँसगढीमा एक महिलाको ज्यान गएको थिया े। यस्तै गैँडा र हात्तीको आक्रमणबाट यस आर्थिक वर्षमा दुई जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्वपा सभापति रवि लामिछाने पुनः प्रहरी हिरासतमा

२८ पुष २०८१, आईतवार १६:४९
काठमाण्डौ :  पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः प्रहरी हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको […]

सम्बन्धित