‘कचहरी’को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान

सदरलाइन संवाददाता ३० श्रावण २०८०, मंगलवार १४:२०
 

नेपालगञ्ज : कल्पना फाउण्डेसन नेपालका अध्यक्ष तथा नेपालगञ्जका साहित्यकार कल्पना पौडेल जिज्ञासुको कथा संग्रह ‘कचहरी’को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश विश्वविद्यालय आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वरिष्ठ कथाकार सनतकुमार रेग्मी लगायतले कल्पना फाउण्डेसनका अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कथासंग्रह ‘कचहरी’को विमोचन गरे ।

सोही अवसरमा कल्पना फाउण्डेसनद्वारा स्थापना गरिएको ‘मनिकर्णा–टीकाराम स्मृति पुरस्कार’ वरिष्ठ कथाकार सनत रेग्मीलाई र ‘देउकला–टीकानिधि स्मृति पुरस्कार’ मानवसेवा आश्रम नेपालगञ्जलाई प्रदान गरियो ।

कार्यक्रममा कथा सङ्ग्रह ‘कचहरी’को समीक्षात्मक टिप्पणी साहित्यकार चरित्रा शाहले गर्नुभएको थियो भने अतिथि वक्ताहरू प्राज्ञ शशिराम कार्की, साहित्यकारहरू किरण आचार्य, खगेन्द्र गिरी कोपिला, पङ्कज श्रेष्ठ, मणि अर्याल, डा. इन्द्र बहादुर भण्डारी, हरि तिमिल्सिना, उर्विन सापकोटाले कथासङ्ग्रहमा रहेका १५ वटै कथाहरूको विशेषता बारे चर्चा गरेका थिए ।


उनीहरूले कथासङ्ग्रहमा रहेका कथाहरूले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, वृद्धाहरूका समस्या, वैदेशिक रोजगारका समस्या, मधेशी, मुस्लिम, थारु र पहाडी समुदायका समस्याहरूलाई सामाजिक विषय बस्तु बनाएर प्रस्तुत गरिएकोले पठन योग्य रहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, ऋषिराम सापकोटा लेकप्रसाद प्याकुरेलले पनि कथासङ्ग्रह कचहरी र नेपालगञ्जको साहित्यिक गतिविधि बारे आफ्नो धारणा राखे ।

सो अवसरमा कल्पना फाउण्डेशन नेपालकी अध्यक्ष तथा साहित्यकार कल्पना पौडेल जिज्ञासुले आफ्नो कृतिको बारेमा जानकारी गराउँदै आगामी दिनमा थप लेख्ने हौसला मिलेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

३० श्रावण २०८०, मंगलवार १४:२०
नेपालगञ्ज : बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगञ्ज उच्च बार एसोशिएशनद्वारा कारगारमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । फत्तेबाल आँखा अस्पतालका […]