पद गुम्ने खतरा देखेर संसद भंग गरियो : नेता रिजाल

सदरलाइन संवाददाता ३ माघ २०७७, शनिबार १५:४५
 

नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पाग्राँ खुस्काएर देशलाई अप्ठ्यारोमा पारेको बताएका छन् ।

नेपालगञ्ज नगर कमिटिले शनिवार गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता रिजालले आफू अल्पमतमा परेपछि पद गुम्ने खतरा देखेर प्रधानमन्त्रीले संसद भंग गरेको उल्लेख गरे ।

सर्वसत्तावादी सोचका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद लामो समय नटिक्ने भन्दै उनले संसद ब्यूँझिए पनि चुनाव भए पनि केपी ओलीको सर्वसत्तवादलाई नेपाली काँग्रेसले घुँडा टेकाउने नेता रिजालले दावी गरे ।


संविधानमा मन नपरेको प्रावधानलाई एक एक गरी लत्याउने हो भने विधि र प्रक्रिया नै समाप्त हुने भएकाले संविधानको पालना गराउने र संविधानको रक्षा गर्ने जिम्मा फेरि काँग्रेसकै काँधमा आइपुगेको उनको भनाइ थियो ।

राष्ट्रपतिको भुमिकामा प्रश्न उठाउँदै नेता रिजालले भने, ‘जनताको पक्षमा रहन स्व. मदन भण्डारीलाई समझेर निर्णय लिनुस्, अहिलेको चुनौति भनेको संविधान जोगाउने हो ।’

Next Post

थापाको हत्यापछि पन्ध्र जना प्रहरीको नियन्त्रणमा

३ माघ २०७७, शनिबार १५:४५
नेपालगञ्ज : बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमीकामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बाँके प्रहरीले भने, उनकी प्रेमीकाको नाम भने सार्वजनीक गरेको छैन । प्रहरी श्रोतका अनुसार घटनास्थलबाट विभिन्न सामग्रीसमेत बरामद भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो घर भएका २७ वर्षिय प्रविन शुक्रबार […]