सदरलाइनडटकम,
नेपालगञ्ज : प्रहरीले भारतबाट तस्करी गरी ल्याउदै गरेको करिव हजार किलो बोइलर कुखुरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटेको सुचना संकलन टोलीले हिरमिनिया नाकाबाट १० बटा साईकलमा राखेर ल्याउदै गरेको अवस्थामा ४ सय जिउदो बोइलर कुखुरा बरामद गरको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक हरी बस्नेतले बितेको रात साईकलमा राखेर नेपाल ल्याउदै तस्करले प्रहरीलाई देखेपछि साईकल छाडेर भागेको बताए । उनले बरामद कुखुरा नष्ट गर्नको लागि पशु क्वारेन्टाईन पठाईएको जानकारी दिए ।
भारतमा विभिन्न प्रकारको हार्मोन प्रयोग गरी समयभन्दा अगावै तयार गरिएको कुखुरा दिनहुँ तस्करीको माध्यामबाट नेपाल भित्र्याउने गरिन्छ । विज्ञका अनुसार यसरी उत्पादन गरेको कुखुरा खानको लागि अयोग्य हुन्छ ।
कोरोना भाईरसको त्रासको कारण भारतमा कुखुरा र माछा अघोसित प्रतिबन्ध लगाईएको कारण प्रतिकिलो ३० रुपैया भारुमा बिक्रि हुन छाडेपछि तस्करीको माध्यामबाट नेपाल भित्र्निे गरेको जनगुनासो आई रहेको बेलामा प्रहरीलाई यो सफलता मिलेको हो ।