बाल सुधार गृह बालकहरुका लागि काल कोठरी

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १५:५४
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशको भैरहवामा रहेको बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन नभएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले बालसुधार गृहमा बालकहरु आधारभुत बालअधिकार उपभोगको अवस्था नाजुक रहेको पाईएको बताएका छन् ।

५० जना क्षमता भएको बाल सुधार गृहमा हाल लुम्बिनी र गण्डकी प्रदेशका ११ जिल्लाका ७६ जना बालकहरु बस्दै आएको उल्लेख गर्दै उनीहरुले क्षमता भन्दा बढी बालकहरु गृहमा बस्नु पर्दा बालकहरुको बसाई निकै कष्ठकर रहेको टिप्पणी गरेका छन् ।

सार्वजनिक सरोकार कानुन व्यवशायी समुह नेपालगञ्जबाट गएको टोलीले सुधारगृहको अवलोकन पछि बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै सार्वजनिक सरोकार कानुन व्यवसायी समुहका सचिव एवं एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बालकहरु शिक्षा, स्वास्थ्य लगायतका आधारभूत बालअधिकाको संरक्षण हुन नसकेको बताए । क्षमता भन्दा बढी बस्नु पर्दा सीमित संख्यामा शौचालय रहेको र गृहका बालकहरुले शौचालय गर्न पालो पर्खनु पर्ने अवस्था रहेको उनले बताए ।

समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक अधिवक्ता लोक बहादुर शाह, समुहका सचिव एवं एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सदस्य अधिवक्ता विकाश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्रका लुम्बिनी प्रदेश संयोजक भोला महत र एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्दिरा आचार्य लगायतको टोलीले सुधारगृहको स्थलगत अनुगमन गरेको थियो ।


समुहका सचिव गौतमले बालसुधार गृह संचालन मापदण्ड अनुसार संचालन हुन नसकेको र ७ जनाको दरबन्दी रहेको बालसुधार गृहमा २ जना कर्मचारीको भरमा संचालन भएको पाईएको पनि बताए ।

सार्वजनिक सरोकार कानुन व्यवशायी समुह नेपालगंजका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले बाल सुधार गृह काल कठोरी जस्तो भएको र यदि सरकारले चलाउन नसके बन्द गर्नु राम्रो भएको सुझाव दिए । सुधार गृहमा विद्यालय, शिक्षक र अध्यापनको व्यवस्था भएको समेत नपाईएको उनले बताए । उनले जसका कारण बालकहरु पढ्न पाउने अधिकारबाट बन्चित भएकोले बताए ।

बालकहरुका लागि शिपमुलक तालिमको कुनै व्यवस्था नभएको, सुधार गृहमा पुस्तकालयको राम्रो व्यवस्थापन नभएको भन्दै यसको सुधारका लागि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत जानकारी गराईएको बताए ।

बाल सुधार गृहमा ११ देखि २२ बर्ष उमेर समुहका किशोरहरु रहेका छन् । २२ वर्षका बालकहरुको मुद्दा चलेकै कारण त्यहा राखिएकाले उमेर पुगेकाहरुलाई अनेत्र स्थान्तरण गर्नु पर्ने संयोजक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज ४ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

२७ श्रावण २०८०, शनिबार १५:५४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को शहरी स्वास्थ्य केन्द्रबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगञ्जले एक दिने निःशुल्क आँखा जाँच शिविर शनिबार सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका भित्र अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिने समेत गर्ने जानकारी गराउँदै सहयोगी […]