नेपालगञ्ज ४ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १६:५२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को शहरी स्वास्थ्य केन्द्रबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगञ्जले एक दिने निःशुल्क आँखा जाँच शिविर शनिबार सम्पन्न गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्र अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिने समेत गर्ने जानकारी गराउँदै सहयोगी डाक्टर ब्रिजेशकुमार मिश्राले ८ हजार बढी सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुका साथै गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि समेत उपलब्ध गराईएको बताए ।

विगत ३–४ वर्षदेखि मानव सेवामा समर्पित गौरव स्मृति फाउण्डेशनले हालका दिनमा थप उर्जाका साथ सक्रियरुपमा विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य सलिम मुसलमानले भने– ‘अहिले आँखा सम्बन्धी बिमारी फैलिएको अवस्थामा वडासित सहकार्य गरी गौरव स्मृति फाउण्डेशनले सह्रानीय कार्य गरेकोप्रति सम्पूर्ण टीमलाई धन्यवाद दिनुका साथै अगामी दिनमा समेत वडाबाट हामी सहकार्य गर्न तत्पर रहने छौं’ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य उत्तमसिंह सिजापतिले भने– ‘आज शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविरमा वडाबासी ज्येष्ठ नागरिकहरुका साथै बच्चा–बच्चीहरुले समेत सेवा लिएका छन् । आँखा सम्बन्धी बिमारी बढेको अवस्थामा वडाबाटै वडाबासीहरुलाई गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि सहितको सेवा उपलब्ध गराउँदा धेरै खुशी लाग्नुका साथै गौरव स्मृति फाउण्डेशनलाई आफ्नो वडाको तर्फबाट धन्यवाद समेत दिन चाहान्छु,’ उनले भने ।


शिविरमा आँखा जाँच गराउन आएका ज्येष्ठ नागरिक ७० वर्षीय हनिफ खाँले वडा भित्र रहेको स्वास्थ्य केन्द्रबाट आँखा जाँच सम्बन्धी सेवा निःशुल्क रुपमा पाउँदा धेरै खुःशी लागेको बताए ।

यसैगरी गौरव स्मृति फाउण्डेशनका संरक्षक प्रदीप शाहले भने–‘हामीले गौरव स्मृति फाउण्डेशनबाट अन्त वार्डहरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आईरहेको हुँदा आफ्नै वडाका वडाबासीहरुलाई आँखा जाँच सम्बन्धी सेवा उपलब्ध गराउन पाउँदा खुशी लागेको छ । यसमा सहकार्य गर्ने वडा नं. ४ का जनप्रतिनिधिहरु, सहयोगी डाक्टरहरु, प्राविधिकहरु तथा गौरव स्मृति टीमका सम्पूर्ण सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिनु चाहन्छु’ उनले भने ।

संरक्षक शाह भावुक हुँदै मेरो छोरा गौरव शाह अल्पआयु मै हामीलाई छोडेर गएको तथा छोरा हुँदा यस्तो खाले सहयोगी कार्यहरु गर्दै आइरहेको हुँदा छोरा कै नामबाट विधिवत संस्था दर्ता गरी ८ लाखको अक्षय कोष खडा गरी उसबाट आउने पैसाबाट हामीले सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताउँदै ‘मान्छे मरेर जान्छ, यो सत्य हो तर केही गरेर जानु उचित हुन्छ भनि हामीले समाजमा सकारात्मक सोचका साथ केही छोडेर जानु पर्छ भन्ने सोचका साथ सामाजिक कार्यमा अग्रसरता लिएको बताए ।

गौरव स्मृति फाउण्डेशनको आयोजना तथा वडा नं. ४ को सहकार्यमा सम्पन्न शिविरमा वडा नं. ४ का वडा सदस्य उत्तमसिंह सिजापति, सलिम मुसलमान, महिला सदस्य सुमिता श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका निरिक्षक जागेश्वर बस्नेत, नेपाल टे«ड युनियन बाँके उपमहानगर अध्यक्ष टोजेन्द्र बिक, गौरव स्मृति फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सचिव शुकराम ठाकुर, सहसचिव प्रेरणा शाही, सदस्यहरु शिवम शाह, बिजय कोरी, मुन्सी हजाम, ब्रिजेश मिश्रा, राजन साई, शुभम वैश्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस युनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल विजयी

२७ श्रावण २०८०, शनिबार १६:५२
नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन् । नेपालगञ्जमा सम्पन्न प्रेस युनियनको १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम् प्रतिद्वन्दी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । ढकाल ९६ मतका साथ विजयी हुँदा भट्टराईले ४८ मत मात्र पाए । उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) […]

सम्बन्धित