सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरी प्रहरीले सोमवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट हिजोमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार हत्यामा संग्लन भण्डारी फागुन १४ गते लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका थिए भने सोही दिन डडेल्धुरा स्थित घर फर्किनका लागि हिडेका थिए । तर कैलालीको गोदावरी पुगेर उनी कलुवार फर्किएका थिए । सोही राती कलुवापुर घर पुगेका भण्डारीसंग धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी शुरुमा धनाकै हत्या गरेको प्रहरीले जनाएको छ ।