बुधबार संकलन गरिएको १३६ मध्ये ३४ को नातिजा नेगेटिभ

२५ बैशाख २०७७, बिहीबार १९:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज–८ बाट बुधबार संकलन गरिएको १३६ स्वाब नमुना मध्येबाट ३४ वटाको नतिजा नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार १३६ सेम्पलबाट पहिलो लटमा गरिएको परिक्षणमा ३४ जनाको नतिजा नेगेटिभ आएको हो ।


पहिलो संक्रमित ६० वर्षिय पुरुषसंगको सम्पर्कमा रहेका ९० जनामा टे्सिङ्ग माध्यमबाट गरिएको स्वाब संकलनपछिको परिक्षणमा २२ जना संक्रमित भेटिएपछि आसपासका सम्पर्कमा आएकाहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनले बाँकी सेम्पलको परीक्षाण जारी रहेको बताए ।

Next Post

नेपालगञ्जमा पनि गरियो दीप प्रज्जवलन

२५ बैशाख २०७७, बिहीबार १९:२९
सदरलाइनडटकम, नेपालगञ्ज :  बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोबिड–१९ नोबल कोरोनाको संक्रमणका कारण विभिन्न पर्वहरु ओझेलमा परेका छन् । हिन्दू समुदायको चैतेदशै, मुस्लिम समुदायको पवित्र रमजान र आज आएर बौद्ध धर्म समुदायको वुद्ध जयन्ती पनि यसको प्रभाव बन्न पुगेको छ । चैतेदशैको बेलामा बिभिन्न मन्दीरहरुमा हुने पूजाआजा र भिडभाड भएनन भने […]

सम्बन्धित