तुलसीपुरबाट ब्राउनसुगरसहित ५ जना पक्राउ

सदरलाइन संवाददाता १७ पुष २०७८, शनिबार १३:२३
 

नेपालगञ्ज : दाङको तुलसीपुरबाट लागूऔषध ब्राउनसुगरसहित ५ जना युवायुवती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३ जना युवती छन् भने २ जना युवक छन् ।

दुई दिनको अवधिमा तुलसीपुर उपमहानगरपालिका ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीया रुद्रमणी पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं.७ सागरनगर टोल बस्ने ३० वर्षीय कैलाश नेपालीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।


पक्राउ परेकाहरुको साथबाट ५ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जम्मु–कश्मीरस्थित माता वैष्णोदेवी मन्दिरमा भएको भागदौडमा १२ को मृत्यु

१७ पुष २०७८, शनिबार १३:२३
काठमाण्डौ : भारतको जम्मु–कश्मीरस्थित माता वैष्णोदेवी मन्दिरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्षको दिन श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो । उक्त घटनामा कम्तीमा २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वैष्णोदेवी मन्दिरको त्रिकुटा पहाडमा अवस्थित गर्भगृह क्षेत्रमा घटना भएको हो । शुक्रवार पौने […]