कोहलपुरमा आधारभूत अस्पताल सञ्चालित

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १६:०९
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा न २ मा उक्त आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो ।

कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत, उप मेयर सन्जु कुमारी थारूले संयुक्तरूपमा अस्पतालको बुधबार उदघाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले नागरिकहरूलाई आधारभूत उपचारका सेवा विस्तारमा अस्पतालले उपलब्ध गराउने सेवा महत्वपूर्ण हुने बताए । अब नागरिकहरूको सेवामा मुस्कान सहित सेवा विस्तार गर्न पनि स्वास्थ्यकर्मीहरूलाई रावतले निर्देशन दिए ।

रावतले प्रचार प्रसारका माध्यमबाट नागरिकहरूलाई आधारभूत अस्पतालका सेवा बारे सबैले जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।


यसै गरी कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द बहादुर केसीले स्वास्थ्य सेवा विस्तारमा सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष जनशक्ति रहेको बताउँदै नगर सभाको परिकल्पना अनुसार छिटै आधारभूत अस्पताल आफ्नै भवनबाट सञ्चालन गर्नका लागि यही आर्थिक वर्षमा काम सम्पन्न गरिने बताए । नगरपालिकाले आधारभूत अस्पताल भाडामा सञ्चालन गरेको छ ।

आधारभूत अस्पतालबाट अब ७० प्रकारका औंषधी उपलब्ध हुने कोहलपुर नगरपालिका नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले जानकारी गराए । कोरना संक्रमणको उच्च जोखिम भएका कारण अस्पताल बृहदरूपमा सञ्चालन नगरिएको बताईएको छ ।

आधारभूत अस्पताल उदघाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कोहलपुर नगरपालिका वडा न २ का अध्यक्ष कर्ण सिह विसीको अध्यक्षतामा सञ्चालन गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ

२३ भाद्र २०७८, बुधबार १६:०९
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा चेकपोष्टबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन, २१ वर्षका प्रविण विक र बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारुलाई रुपइडिहाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा प्रहरीले पक्राउ गरेको हो । पुन र […]

सम्बन्धित