प्रेस युनियन बाँकेको १२ औं अधिबेशन शनिवार

सदरलाइन संवाददाता २६ श्रावण २०८०, शुक्रबार १६:३५
 

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन शनिवार नेपालगञ्जमा हुँदैछ ।

अधिबेशनको शनिवार नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको हलमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गर्ने भएका छन् ।

अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ । अधिबेशनबाट एक जना अध्यक्ष चयन हुने छन् । अहिलेसम्म प्रियास्मृति ढकाल र चेतकान्त भट्टराई बीच प्रतिस्पर्धा हुने देखिएको छ ।


अधिबेशनका लागि उपाध्यक्षमा कमल खत्री, सचिवमा भीष्म लोध, कोषाध्यक्षमा खडक खत्रीको नाम चर्चामा छ भने भट्टराई समूह तर्फबाट बर्तमान सचिवमा बिजय मल्ल र कोषाध्यक्षमा मधु पौडेल उम्मेदवार बन्ने चर्चा छ ।

त्यस्तै ढकाल समुहबाट सदस्यका उम्मेदवारहरुको अन्तिम नामको टुंगो शुक्रवारनै लागिसक्ने सचिव पदका उम्मेदवार लोधले बताए ।

अधिबेशन शनिवार बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा डुबेर बेपत्ता भएका किशोर ३ दिनपछि मृत भेटिए

२६ श्रावण २०८०, शुक्रबार १६:३५
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको […]

सम्बन्धित