भारतमा बस दुर्घटना हुँदा २९ को मृत्यु

२३ असार २०७६, सोमबार १८:२९
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवेमा सोमवार एउटा बस दुर्घटनामा परेको छ । बिहान साढे ४ बजे अनियन्त्रित भएर एउटा यात्रु बस नालीमा खस्दा कम्तीमा पनि २९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा कम्तीमा पनि २० यात्रु घाइते भएका छन् । घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यो दुर्घटना आगराबाट ३१ किमी टाढा चौगान गाउँ नजिकै भएको हो । आगराका एसएसपी बबलु कुमारका अनुसार युपी रोडवेजको ’जनरथ सेवा’ बस लखनऊबाट दिल्ली जाने क्रममा दुर्घटनामा परेको हो । हालसम्म दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ । उद्धार कार्य अहिले पनि जारी छ । आगराका जिल्ला प्रमुख रवि कुमारका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । बसमा करीब ५० यात्रु सवार थिए ।
मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । उनले अधिकारीहरूलाई पीडितका लागि हरसम्भव सहयोग गर्न निर्देशन दिएका छन् । रोडवेजले मृतकका परिवारलालाई ५ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ ।

Next Post

युवालाई जीवनोपयोगी र बित्तीय सीप दिईंदै

२३ असार २०७६, सोमबार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा रहेका युवा क्लबका पदाधिकारीहरुका लागि चार दिने जीवन उपयोगी तथा बित्तीय सीप तालिम सञ्चालन गरिएको छ । युवा क्लबमा रहेका युवाहरुमा सहि निर्णय गर्नसक्ने क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सोमबारदेखि नेपालगञ्जमा सो तालिम सञ्चालन गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सामाजिक बिकास […]