कोरोना संक्रमित महिलाले शल्यक्रिया मार्फत छोरी जन्माईन

६ असार २०७७, शनिबार १०:२६
 

सदरलाइन / रुद्र सुवेदी,
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जटिल प्रसव समस्याले ग्रशित कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया मार्फत छोरी जन्मिएको छ ।

सो अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थर्ड लेभलकोे कोरोना अस्पताल तोकेर दिएको जिम्मेवारी दिएको छ । अस्पतालका सह निर्देशक डा. नितेश कुमार कनोडियाले दिएको जानकारी अनुसार भीम अस्पताल भैरहवाबाट रिफर भएर आएकी महिलाको शल्यक्रिया मार्फत छोरी जन्मिएको हो ।

‘भैरहवाको भीम अस्पतालमा भर्ना रहेका कृष्णनगर कपिलवस्तुकी २७ वर्षकी कोबिड–१९ पोजेटिभ रहेकी गर्भवती महिलाको आकस्मिक शल्यक्रियाबाट शिक्षण अस्पतालमा प्रसुती भएको छ । अहिले आमा र वच्चाको अवस्था सामान्य रहेको छ’–उनले भने ।


जटिल अवस्थामा रहेकी उनलाई भैरहवाबाट शिक्षण अस्पताल कोहलपुरमा बिहान करिव २ बजे ल्याईएको थियो । विहान ५ः१२ मा शल्यक्रिया सुरु गरी ५ः२५ मा २ किलो ४ सय ग्राम तौल भएको छोरीको जन्म भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सह निर्देशक डा. कनोडियाले दिएको जानकारी अनुसार सो केशलाई डा. कबिता सिन्हा, डा. रबिन श्रेष्ठ, डा. राजेश केसी, डा.अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफहरु संगीता गिरी, सरस्वती श्रेष्ठ, पबित्रा विष्टको टिमले सफल शल्यक्रिया सम्पन्न गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थर्ड लेभलकोे कोरोना अस्पताल तोकेर दिएको जिम्मेवारी दिएपछि अस्पतालले अछाम जिल्लाको चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया कोरोना संक्रमित १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरेर थर्ड लेभलको कोरोना अस्पतालको काम सुरु गरेको थियो । अस्पतालका सह निर्देशक डा. कनोडियाले हाल अस्पतालमा कोरोना संक्रमित ३ जनाको उपचार भईरहेको जानकारी दिए ।

Next Post

बाँकेमा बेवारिसे शव भेटियो

६ असार २०७७, शनिबार १०:२६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । कोहलपुरमा शनिवार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । कोहलपुर ११ स्थित न्यूरोड चोक नजिक रहेको कोहलपुर सव डिभिजन बन कार्यालय अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक […]

सम्बन्धित