धनगढीमा अनिश्चितकालिन कर्फ्यू

सदरलाइन संवाददाता १६ मंसिर २०७९, शुक्रबार १३:२०
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ ।

ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडक अवरुद्ध गरेका थिए भने विद्यार्थीको प्रदर्शनमा स्थानीयहरुले समर्थन गरेका थिए । चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध जनाएका छन् ।


बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतनालाई हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएको थियो ।

ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

१६ मंसिर २०७९, शुक्रबार १३:२०
दाङ : दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन् […]