साझा प्रजातान्त्रिकलाई लैजाने मतदाताहरुको प्रतिबद्धता

सदरलाइन संवाददाता २५ श्रावण २०८०, बिहीबार १५:२१
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने जनाए ।

परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए ।


थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भने ।

वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ ।

संघको निर्वाचन यही भाद्र २ गते तय भइसकेको छ भने निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोह पक्राउ

२५ श्रावण २०८०, बिहीबार १५:२१
दाङ : दाङको तुलसीपुरमा मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोह पक्राउ परेका छन् । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने गिरोहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीबार सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी गर्ने तीन जना र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय […]