समृद्धि नेपाल निर्माणमा प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने : प्रधानमन्त्री ओली

२५ आश्विन २०७५, बिहीबार १४:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न कटिबद्ध रहेको बताएका छन् ।
विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिशनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रीयस्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।
प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा बिहीवार आठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिए । प्रधानमन्त्री ओलीले तथ्यांकअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने तर्फ सचेत गराए ।
प्रधानमन्त्री ओलीले मुलुक संघीयतामा गएसँगै प्रहरी संगठनलाई पनि संघीय ढाँचामा रुपान्तरण गर्न प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको बताए ।

Next Post

महानायक अमिताभ बच्चनको बिहीवार ७६ औं जन्मदिन

२५ आश्विन २०७५, बिहीबार १४:४२
सदरलाइनडटकम, काठमाण्डौ : बलिउडका महानायक अमिताभ बच्चन आज आफ्नो ७६ औं जन्मदिन मनाउँदै छन् । सन् १९४२ अक्टुबर ११ तारिखमा भारतको इलाहवादमा जन्मिएका बच्चनलाई बलिउडमा एङग्री योङम्यान, शहनशाह, बिग बि लगायत कयौं नामले चिनिन्छ । ७६औं वर्षको उमेरमा पनि बच्चन जोश र हौसलाका साथ बलिउड तथा टेलिभिजनमा काम गरिरहेका छन् । […]

सम्बन्धित