‘रोजगारी पसल’को मयेर राणाद्वारा उद्घाटन

२१ भाद्र २०७६, शनिबार १५:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बेरोजगारहरुलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा शनिवारदेखि रोजगारी पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरुलाई उनिहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ संस्थाहरुसम्म पुर्याएर रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रम मार्फत पसलको रिबन काटेर उद्घाटन गरे । उनले नेपालगञ्जमा अहिले होटेल, कल कारखाना, उद्योग, अस्पताल, बिद्यालयलगायत अनेकौं प्रकारका ब्यापारिक संघ ंस्थाहरु खुलेको बताउँदै त्यहा आबश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा र्पुयाउनका लागि मद्दत गर्ने बताए । रोजगारी पसलका म्यानिजिङ्ग डाईरेक्टर सैलेन्द्र राज गिरीले यो पसलले रोजगारदाता संघ संस्था र रोजगार गर्न चाहानेको लागि पुलको काम गर्ने बताए । बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिने उनको भनाई थियो ।
सन २०१२ मा स्थापना भइ देशका काठमाण्डौ, ईटहरी र पोखरा जस्ता सहरबाट पसलले यस प्रकारको सेवा प्रदान गर्दै आएको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए । हालसम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहाने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए । उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघ संस्थाले आवद्धता जनाएका छन् । करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसलमार्फत रोजगारी गरिरहेको उनको भनाई छ ।
सीप प्रोजेक्टको प्राबिधिक सहकार्यमा नेपालगञ्ज शाखा सञ्चालनमा आएको सीप कार्यक्रमका रिजेनल म्यानेजर सञ्जय ज्ञवालीले बताए । उनका अनुसार बिरगञ्जमा पनि सीप कै सहकार्यमा रोजगार पसल सञ्चालनमा आउँदैछ । रोजगारी पसल नेपालगञ्जका शाखा ईञ्चार्ज उपेन्द्र गुरुङ्गले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्करुपमा दर्ता गर्नसक्ने बताए ।
उनले रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकता अनुसारको तालिमको व्यवस्था समेत पसलले गर्ने बताए । उद्घाटन कार्यक्रममा नेपालगञ्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल वैश्य, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कंडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

Next Post

आफ्नो जन्मदिनमा डा. रोमाद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री बिरतरण

२१ भाद्र २०७६, शनिबार १५:५०
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके)  :  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको बालरोग बिभागमा कार्यरत डा.रोमा बोराले आफ्नो जन्मदिनमा सुकुमबासी तथा मुक्तकमैयाका बालबालिकालाई शैक्षिक सामाग्री बिरतरण गरी मनाएकी छन् । उनी शनिबार (आज) विहान आफ्नो जीवनसंङ्गी सन्दीप अग्रवालका साथ राप्तीसोनारी गाउपालिका–६ मा रहेको सुकमैया प्राथामिक विद्यालय कमैयाँडाँडामा पुगेर त्यहाँका २२ जना विद्यार्थीलाई […]

सम्बन्धित