अवैध हतियारसहित बाँकेमा २ जना पक्राउ

सदरलाइन संवाददाता २५ श्रावण २०८०, बिहीबार १४:२०
 

नेपालगञ्ज : कोहलपुरमा अवैध हतियार सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं. १३, सिम्री बस्ने बर्ष ३८ को शेर बहादुर खत्री, सोही ठाउँ बस्ने बर्ष को ३८ को लाल बहादुर पजभैया रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, कोहलपुर बाँके र सब डिभिजन बन कार्यालय, कोहलपुर बाँकेबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका वडा नं. १३ सिम्रीस्थितबाट उनीहरूलाई पक्राउ गरेको हो ।


प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा अवैध घरेलु हतियार थान –२ (१ नाले भरुवा बन्दुक) फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ गरी अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेठीनालामा डुबेका बालक अझैसम्म भेटेनन्

२५ श्रावण २०८०, बिहीबार १४:२०
नेपालगञ्ज : बुधबार दिउँसोदेखि स्थानिय जेठीनालामा डुबेर वेपत्ता भएका बाँकेका एक युवा अझैं फेला परेका छैनन् । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेरका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनारको अवस्था अझैं अज्ञात रहेको प्रहरीले जनाएको छ । नालामा डुबेर वेपत्ता भएको २४ घण्टा बितिसक्दा […]