जेठीनालामा डुबेका बालक अझैसम्म भेटेनन्

सदरलाइन संवाददाता २५ श्रावण २०८०, बिहीबार १४:२५
 

नेपालगञ्ज : बुधबार दिउँसोदेखि स्थानिय जेठीनालामा डुबेर वेपत्ता भएका बाँकेका एक युवा अझैं फेला परेका छैनन् । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेरका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनारको अवस्था अझैं अज्ञात रहेको प्रहरीले जनाएको छ ।

नालामा डुबेर वेपत्ता भएको २४ घण्टा बितिसक्दा समेत उनको अवस्थाको बारेमा केही जानकारी प्राप्त हुन नसकेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेले चारजना साथीसहित जेठीनालामा पौडी खेल्न गएका सुनार बुधबार दिउँसो करिब २ बजे डुबेको बताए । उनले प्रहरीलाई पौने चार बजे खबर आएको जनाउँदै खबर आएलगत्तै नालामा पुगेर खोजी कार्य शुरु गरिएको तर हालसम्म पनि फेला नपरेको बताए ।


प्रहरी प्रमुख बेलवासेले बुधबार साँझसम्म खोजी गरे पनि सुनार फेला नपर्दा बिहीबार बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष गोताखोर टोलीले जेठीनालामा सुनारलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार डुबेर बेपत्ता भएपछि शान्तिनगर शोकमा डुबेको स्थानीयले जनाएका छन् । जेठीनालामा आएको बाढीका कारण पानीको बहाव तीव्र भएको र नाला गहिरो बनेकोले पनि खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ठूला लगानीका उद्योगहरु थपिँदै

२५ श्रावण २०८०, बिहीबार १४:२५
नेपालगञ्ज : बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् । कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक […]

सम्बन्धित

ताजा अपडेट