सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिवार दुई खेल हुँदै

सदरलाइन संवाददाता १५ फाल्गुन २०७७, शनिबार ०९:५७
 

काठमाण्डौ : सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिवार दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।

पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।


बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । शुक्रवार भएको खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो ।

लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

Next Post

शनिवार ३९ औं मगर स्थापना दिवस मनाइँदै

१५ फाल्गुन २०७७, शनिबार ०९:५७
नेपालगञ्ज : देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले शनिवार ३९ औं मगर स्थापना दिवस मनाउँदैछन् । २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर सङ्घ र यससँग सम्बन्धित सङ्घ संस्थाहरुले स्थापना दिवसको रुपमा […]