पच्चिस किलो चरेशसहित चार पक्राउ

१५ मंसिर २०७५, शनिबार २३:०२
 

सदरलाइनडटकम,
बुटवल  : नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान समुह आरआईटी नेपालगञ्ज समुहले बुटवलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेश सहित ४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती करिव १० बजे २५ किलो चरेशसहित बुटवल उपमहानगर– १३ का ४० वर्षिय दिपेन्द्र घर्ती, जाजरकोट नलगाड नगरपालिका–२ बस्ने २८ वर्षिय रोहित  सिंह  बिक, खलंङ्गा नगरपालिका–९ का ४५ वर्षिय तिलक पुन र बरिकोट गाउँपालिका–१ बस्ने २८ वर्षिय टोपेन्द्र बोहरालाई नियन्त्रणमा लिएको हो ।
सो समुहका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको सोही टोलीले करिव महिना दिन अघिमात्र बुटवलबाटै ३७ किलो चरेश पक्राउ गर्न सफल भएको थियो ।

Next Post

बाँकेका सबै विद्यालयमा विद्यालय सुरक्षा कार्ययोजना लागू

१५ मंसिर २०७५, शनिबार २३:०२
सदरलाइन / रुद्र सुवेदी,  नेपालगञ्ज  : बाढी, हावाहुरी, भुकम्प तथा आगलागी जन्य प्रकोपको अत्यन्तै जोखिममा रहेको बाँकेका सबै विद्यालय सुरक्षा तथा न्यूनतम प्रकोप मापदण्ड कार्ययोजना लागू गरिएको छ । युरोपियन युनियन, सेभद चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र शिक्षा विकास तथा समन्वय ईकाई बाँकेको समन्वय तथा बाँके युनेस्को क्लवले जिल्लाका […]