नेपालगञ्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

सदरलाइन संवाददाता १६ श्रावण २०८०, मंगलवार १६:०२
 

नेपालगञ्ज : नेपालगञ्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगञ्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ ।

टिम डि–एडजको आयोजनामा शुरु हुने क्रस राइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुनः नेपालगञ्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा आयोजक दिनेश थापाले बताएका छन् ।


थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लवदेखि यात्रा गर्ने र नेपालगञ्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषि क्षेत्रलाई पहिचान गराउने उद्देश्यले डर्ट मोटरसाइकल यात्रा गर्न लागिएको हो ।

पर्यटकीय यात्रामा जान या थप जानकारीका लागि ९८५१००८१९९ मा सम्पर्क गर्न सकिने टिम इन्डोरो नेपालगञ्जले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बजेट कार्यान्वयन समन्वय समिति गठन

१६ श्रावण २०८०, मंगलवार १६:०२
नेपालगञ्ज : बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन भएको बजेटको शत प्रतिशत खर्च हुने वातावरण बनाउन पहल कदमी अघि बढाइएको छ । युवा राजनीतिहरूले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार सङ्घ र प्रदेशका कार्यालयतर्फ जिल्लामा विनियोजन भएको विकास […]