सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित कोरियनपुरमा रहेको जेएस इङलिस बोर्डिङ स्कुलको भ्यान सोमवार दुर्घटनामा परेको छ । विद्यार्थी ल्याउन जाँदै गर्दा भ्यान दुर्घटनामा परेको हो । भे १ त ३१९१ नम्बरको भ्यान नेपालगञ्जको फुल्टेक्रा रामनगर रोडमा दुर्घटना हुँदा एक जना विद्यार्थी सामान्य घाइते भएका छन् ।
भ्यानमा चारजना विद्यार्थी, भ्यानका चालक र एकजना सहयोगी रहेका थिए । भ्यान पूर्णरूपमा क्षतिग्रस्त भएपनि भ्यानमा सवार सबै सकुशल रहेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
