नेपालगञ्जमा आधुनिक कस्मेटिक पसल सञ्चालनमा

सदरलाइन संवाददाता २१ चैत्र २०७७, शनिबार १०:५५
 


नेपालगञ्ज : नेपालगञ्जमा पहिलोपटक अन्तराष्ट्रिय ब्राण्डको मेकअपको लागि आवश्यक सामाग्रीको भरपर्दो पसल सञ्चालनमा आएको छ । अमेरिकि ब्राण्डको प्रिटिक्लिक नेपालगञ्जको न्युरोडमा कस्मेटिक पसल संचालनमा आएको हो ।

स्किन केयर र मेकअपको शतप्रतिशत ओरिजिनल र प्रमाणिकरण सामग्री मात्र पाइने यो पसल पश्चिम नेपालमा पहिलो र नेपालकै १७ औं शाखाको रुपमा शुक्रबारदेखि संचालनमा ल्याएइको हो ।


सञ्चालक श्वेता कायश्थले पसलको बारेमा जानकारी दिदै भनिन–‘ यहाँ आधुनिक, गुणस्तरीय एवं सुविधा सम्पन्न सौन्दर्य सामग्रीको अभावमा अनुहार र छाला जस्तो अत्यन्त महत्वपूर्ण र संवेदनशिल अंगमा नकारात्मक असर र प्रभाव पारिरहेको अवस्थालाई दृष्टिगत गर्दै आफुले यस क्षेत्रमा केहि गर्ने उद्देश्यले शतप्रतिशत ओरिजिनल एवं प्रमाणिकरण गरिएका सौन्दर्य सामग्रीको मात्र पसल संचालनमा ल्याएका हौ ।’

सो पसलको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले उद्घाटन गरेको हुन । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रीकृष्णप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Next Post

हेभी इक्युपमेन्टका विद्यार्थीहरुलाई प्रशिक्षण

२१ चैत्र २०७७, शनिबार १०:५५
नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्राबिधिक तर्फका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । अस्थाई ट्राफिक प्रहरी पोस्ट गनापुरले नेपालगन्ज २० स्थित प्राबिधिक स्कुलका हेभी इक्युपमेन्ट तर्फका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना कार्यक्रम गरिएको गनापुर ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक पशुपति नाथले बताए । पढ्दै गरिएका विद्यार्थीहरुलाई भोलीका दिनका […]