बाँके–बर्दियाका नौ जना केन्द्रीय सदस्यमा मनोनित

सदरलाइन संवाददाता ७ पुष २०७७, मंगलवार १६:५१
 

नेपालगञ्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको मंगलवार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकेका तीन र बर्दियाका ६ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । संविधानसभा बिघटनपछि नेकपाभित्रको विवादले बाँके र बर्दियाका नेताहरुले अवसर पाएका हुन् ।

केन्द्रीय कमिटीको बैठकले पुर्ब सांसद देवराज भार, नन्दलाल रोकाय र नेतृ शान्ति ढकाललाई केन्द्रिय कमिटीको जिम्मेवारी दिएको हो ।


यस्तै बर्दियाका पुर्ब सांसद श्याम ढकाल, नेता दामोदर अर्याल, भिम केसी, समानुपातिका सांसद बिमला बिक, समानुपातिक सांसद तुलशा थापा, नेतृ शोभा ज्ञवाली मनोनित भएका छन् ।

नेकपा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षको भेलामा सहभागि नभएपनि उनका पत्नी समानुपातिक सांसद तुलसा थापालाई केपी ओलीको समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

Next Post

नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय

७ पुष २०७७, मंगलवार १६:५१
काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको केपी ओलीबाहेकका समूहले अर्का अध्यक्षमा माधव नेपाललाई बनाउने निर्णय गरेको छ । मंगलवार कार्यकारी अध्यक्षप्रचण्ड सहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको हो । यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउनेसहितको प्रस्ताव केन्द्रीय […]