सदरलाइनडटकम,
पोखरा : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका इञ्जिनियर बसिअख्तर मोहम्मद ४ लाख घुससहित अख्तियारको फन्दामा परेका छन् ।
कार्यालय मातहत बनेको खानेपानी आयोजनाको रकम भुक्तानी दिनेक्रममा उपभोक्ता समितिका पदाधिकारीसँग कमिशन भन्दै घुस मागेका मोहम्मदलाई मंगलवार दिउँसो ३ बजे कार्याल परिसरबाटै अख्तियार पोखराको विशेष टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि पोखरा ल्याइएको छ ।
