२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

आईआईएमसीका विद्यार्थी बिना भारतीय पत्रकारीता अधुरो छ :  प्रो.डा. द्विवेदी



नया दिल्ली (भारत), भारतीय जन संचार संस्थान (आईआईएमसी) महानिर्देशक प्रा. डा. संजय द्विवेदीले आईआईएमसीका विद्यार्थी बिना भारतीय पत्रकारिता अधुरो र अपुरो रहेको बताएका छन ।

उनले आफ्नो ३ वर्षे सफल कार्यकाल पुरा गरी आईआईएमसी परिसरमा आयोजित विदाई समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । ‘आईआईएमसीका शिक्षक र विद्यार्थीको संयुक्त प्रयासबाट पत्रकारिताको नयाँ विषय वस्तु लेख्न सक्छन र सक्षम पनि छन ।’

भारतीय पत्रकारिताको इतिहास आईआईएमसीका विद्यार्थी बिन अधुरो र अफुरो रहेको कुरामा जोड दिदै महानिर्देशक प्रा.डा. द्विवेदीले भने–‘ भारतीय पत्रकारिताको ईतिहासमा आईआईएमसीका विद्यार्थीले आफ्नो प्रतिभाले भारतीय जन संचार संस्थानका विद्यार्थीले नै विश्वमा नै संस्थानको परिचय दिएका छन ।’

भारतीय जन संचार संस्थान (आईआईएमसी), नई दिल्ली भारतको सर्वश्रेष्ठ मीडिया संस्थान बनाउने उद्देश्यले महानिदेशक प्रो. संजय द्विवेदीले खेलेको भूमिका र उनको कार्यकाल अनन्तसम्म यादगार रहने विश्वास गरिएको छ । उनी तीन वर्षअघि संस्थानको महानिदेशकमा नियुक्त भएका थिए । उनले आईआईएमसीको नेतृत्व सम्हालेयता लगातार तीन वर्षदेखिं गरिएका प्रत्येक सर्वेक्षणमा आईआईएमसी सर्वश्रेष्ठ मीडिया प्रशिक्षण संस्थान घोषित भएको थियो ।

आफ्नो कार्यकालमां प्रो. द्विवेदीले आईआईएमसीद्वारा प्रकाशितदो यूजीसी–केयर सूचीबद्ध शोध पत्रिकाओं ‘संचार माध्यम’ और ‘कम्युनिकेटर’को लोर्कापण गरे, उनै तीन नयाँ पत्रिका ‘राजभाषा विमर्श’, ‘संचार सृजन’ र ‘आईआईएमसी न्यूज’ पनि शुरू गरिएको छ ।
जम्मू र अमरावतीमा हिंदी पत्रकारिताको पाठ्यक्रम सुरु गरी प्रो. द्विवेदीले आइजोल सहित तीन केंद्रमा डिजिटल मीडियाको नयाँ पाठ्यक्रम पनि शुरू गरेका थिए । उनले ‘शुक्रवार संवाद’ जस्ता रचनात्मक प्रयोग पनि सुरु गरेका थिए । यो विद्यार्थीबीच अत्यन्त थियो । सोशल मीडियाको माध्यमबाट आईआईएमसीको परिचय विस्तार गर्नमा पनि प्रो. द्विवेदीको ठूलो भूमिका रहेको थियो ।

उनी नगर राजभाषा कार्यान्वयन समिति, दक्षिण दिल्लीको अध्यक्षको रुपमा पनि प्रो. द्विवेदीले ७६ संस्थालाई हिंदीमा काम गर्नको लागि प्रेरित गरेका थिए । उनको विदाई समारोहमा उप महानिदेशक डा. निमिष रुस्तगी एवं डीन (एकाडमिक) प्रो. गोविंद सिंह सहित समस्त संकायका सदस्यहरु, अधिकारी एवं कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार
ताजा समाचार