कालिकोटको नावगैरामा भिषण पहिरो, बस्ती जोखिममा

सदरलाइन संवाददाता २ कार्तिक २०७८, मंगलवार १८:३२
 

कालिकोट : खाँडाचक्र नगरपालिका स्थित नावगैरामा भिषण पहिरो गएको छ । मंगलबार विहान गएको पहिरोका कारण ६ घर उच्च जोखिममा रहेका छन् भने १५ घर जोखिममा रहेका छन् ।

जोखिममा परेका सो घरपरिवारलाई उद्वार गरि बालमन्दिर विद्यालयमा राखिएको नगर प्रमुख जसिप्रसाद पाण्डेले जानकारी दिएका छन् । प्रभावित क्षेत्रमा नगर तथा रेडक्रसले राहत तथा उद्दारको कार्य गरिररहेको नगर प्रमुख पाण्डेले बताए ।


यस्तै  तीन दिनदेखि जारी वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। दुई ठाउँमा पहिरो खसेपछि राजमार्गको दैलेख खण्ड मंगलबार बिहानैदेखि अवरूद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दैलेखमा पर्ने खिड्कीज्युला र घट्टेखोलामा पहिरो खसेका छन्। सडक अवरूद्ध हुँदा सुर्खेतबाट जाने र सुर्खेत आउने यातायातका साधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीको बाढीले खतराको संकेत भेट्नै लाग्यो

२ कार्तिक २०७८, मंगलवार १८:३२
नेपालगञ्ज  :  लगातारको झरीको कारण राप्तीनदीमा पानीको सतह बढ्न थालेपछि नदी तट आसपासका बस्तीमा उच्च सर्तकता अपनाउन सूचना प्रवाह गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुममा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान साढे ११ बजेसम्म पानीको सतह बढेर ५ मिटर ३० सेन्टिमिटर पुगेको जिल्ला विपद सुचना […]